२०८३, ७ बैशाख मंगलबार

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : सौर्यको जहाज पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ?

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : सौर्यको जहाज पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले सो आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन् ।

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्व महानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकाले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो । उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए ।

अध्यक्ष लिङदेनले भने ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन रु भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ । भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला रु एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक–पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ । म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आईतबार  ३ : ३६ बजे

ट्रेड युनियन खारेज नगर्न बालेनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनको आग्रह

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक

बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय