२०८३, १३ भाद्र आईतबार

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा


तुलसीपुर, २३ भदौ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ । दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भन्नुभयो । अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उहाँले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भन्नुभयो । उहाँले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ८ : ५८ बजे

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको

बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती