२०८३, २६ भाद्र शनिबार

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल


सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना छोरा छोरी सामुदायिक विद्यालयमा नपढाउने शिक्षकहरुलाई कारबाही गरेर जाने बताउनु भएको छ ।
कमलामाई नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई सम्बोधनगर्दै आज (आइतवार) सो कुरा बताउनु भएको हो ।
कमलामाई नगरपालिकाको कार्यपालिका बैठकबाट जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना नानीबाबुहरु अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने नीतिगत निर्णय गरेको स्मरण गराउँदै नगरप्रमुख पोखरेलले उक्त निर्णयलाई कार्यान्वय नगर्ने र अबरोध सिर्जना गर्ने शिक्षकहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभयो ।
शिक्षा कस्तो बनाउने भन्ने विषय स्थानीय तहको अधिकार भएकाले सामुदायिक विद्यालयमा अरुलाई पढाउने तर आफ्नो छोरा छोरी निजी विद्यालयमा लैजाने शिक्षकहरुमाथि प्रश्न उठ्न थालेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयोः आफूले पढाएको आफूलाईनैं विश्वास नभएर छोरा छोरी निजी विद्यालयमा लैजानेहरुको बिबरण तयार भइसकेको बताउँदै शैक्षिक सुधारमा असहयोग गर्नेहरुलाई कारबाही गरेरै अगाडि बढ्ने उद्घोष गर्नुभयो ।
बैठकमा सहभागी प्रधानाध्यापकहरुले नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गरेर लैजाने उद्घोष गर्नुभएको थियो । उहाँहरुले सामुदायिक विद्यालयको प्रशासन सञ्चालनमा रकम अभाव रहेको बताउँदै आगामी आर्थिक वर्षको वजेटमा रकम व्यवस्था गरिदिन नगरप्रमुख पोखरेललाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, ३० बैशाख आईतबार  ९ : ४१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।