२०८३, ८ कार्तिक आईतबार

महिलाले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्नुपर्छः एमाले उपसचिव लामा

महिलाले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्नुपर्छः एमाले उपसचिव लामा


सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।
एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो । अहिले महिलाले पार्टी नेतृत्व मात्रै होइन, स्थानीय सत्ताहरु पनि सञ्चालन गर्न सक्षम भएका कैयन उदाहरणहरु छन्, त्यसैले आफ्नो क्षमतालाई पार्टी र स्थानीय सत्ता सञ्चालन गर्न प्रयोग गर्नुर्ने उहाँले बताउनुभयो ।
नेता लामाले अहिले पनि समाजमा महिलामाथि भेदभाव र थिचोमिचो रहेको बताउँदै एमालेले मात्रै त्यसको समाधान गर्न सक्ने बताउनुभयो । उहाँले नेकपा एमाले निर्माणमा महिला र पुरुषको समान भूमिका रहेको बताउँदै महिलाले पनि अबसर खोज्ने बेला भएको उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो– महिलाहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर, उपमेयर र पालिका अध्यक्षहरु बनेको बताउँदै यो अधिवेशनबाट धेरै, पार्वतीहरु, रस्मिलाहरु, मिथिलाहरु र मञ्जु देवकोटाहरु जन्मिन जरुरीछ ।
अहिले दलहरुबाट जनताका पक्षमा केही पनि कामहरु हुन सकेन, परिवर्तन हुन सकेन भनेर गलत प्रचार गरिंदैछ, बास्तमा त्यस्तो होइन, एमालेको नेतृत्वको सरकारका पालामा ठूला ठूला विकास निर्माणका कामहरु भएका छन् । भौतिक पूर्वाधार,स्वास्थ्य र शिक्षामा अहिले जति पनि प्रगति भएकोछ, त्यसलाई सकारात्मक ढंगले प्रचार नभएकाले केही व्यक्तिहरुले नकारात्मक प्रचार गरिरहेको बताउँदै नेता लामाले एमाले नेता कार्यकर्ताको त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
अखिल नेपाल महिला संघकी नेत मिथिला फुयाँलले संगठनलाई विधि र पद्धिति मार्फत सञ्चालन गर्दै आगामी २ वर्ष भित्र एउटा पालिकामा २ हजार महिलालाई सदस्यता वितरण गर्न जरुरी भएको बताउँदै संगठनलाई बलियो बनाएर लैजान आग्रह गर्नुभयो । उहाँले महिलालाई पार्टीले अगाडि सारेको विचारबाट प्रशिक्षितगर्दै कमिटीगत प्रणाली मार्फत गोलबन्द गरेर लैजाने हो भने पार्टीले लिएको मिसन ८४ को अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले महिला लागयत जनसंगठनहरुलाई अनुशासित र एकतावद्ध बनाएरु अगाडि लैजाने बताउँदै पार्टीले अगाडि सारेको योजनालाई कार्यान्वयन गराउने सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
अनेमसंघ सिन्धुली जिल्ला इन्चार्ज पार्वती सुनुवारले अनेमसंघ तीनपाटन पालिका कमिटीको नव निर्वाचित टिमलाई बधाई ज्ञापनगर्दे शुभकामना दिनुभएको थियो भने नेतृ मिथिला फुयाँले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । कार्यक्रममा नव निर्वार्चित कमिटीलाई एमाले बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र रस्मिला देवकोटा, मञ्जु देवकोटाले शुभकामना दिनुभएको थियो । कार्यक्रममा एमाले नेताहरु छत्रवहादुर दाहाल, हेमवहादुर श्रेष्ठ, चुलवहादुर पुलामी, पदममायाँ तामाङ, रेखराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, २२ बैशाख शनिबार  ९ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना