२०८३, ७ कार्तिक शनिबार

पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न आग्रह

पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न आग्रह


काठमाडौँ, १८ भदौ : नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा समितिका सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काउन्सिलले गरेको वर्गीकरणलाई चित्त नबुझी पुनःमूल्याङ्कनका आएका मागको उचित सम्बोधन गर्नुपर्ने र हाल वितरण गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम दोब्बर बनाइनुपर्नेमा जोड दिएको छ ।

प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका वर्गीकरणमा साना लगानीका मिडियालाई विभेद गरिएको, वर्गीकरणको तह घटुवा गरिएको, हुबहुमा राखिएको, प्रेस काउन्सिलमा चिनजान र भनसुनकै आधारमा मात्रै पनि त्यस्ता पत्रपत्रिकालाई वर्गीकरणमा उच्च प्राथमिकता दिइएको जस्ता गुनासो आएकाले महासङ्घ, समितिले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ७ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना