२०८३, ११ भाद्र शुक्रबार

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु


राजविराज, १८ भदौ : सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपीडितको दैनिकी कष्टकर बन्दै
सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकाका घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जनजीवन कष्टकर बनेको बाढीपीडितले गुनासो गरेका छन् ।

बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित रामकुमार सदाले बताउनुभयो । घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन् । बाढीले चामलसमेत डुबाएकाले खानेपानीको समस्या रहेको उनीहरुले गुनासो गरे । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो ।

कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब २०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् । कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि घरमा खानासमेत पकाउन सकिरहेका छैनन् ।

सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा चन्दन यादव बताउनुभयो । बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र जोखिमपूर्ण जीवन बिताउन बाध्य हुनुभएको छ । फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको यादवले जानकारी दिनुभयो ।

सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उहाँलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ । बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ९ : ०० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री