२०८३, २९ असार मंगलबार

सिन्धुपाल्चोकको साँधीखोलाको अस्थायी बाटो पुन : अवरुद्ध

सिन्धुपाल्चोकको साँधीखोलाको अस्थायी बाटो पुन : अवरुद्ध


चौतारा, १७ भदौ अविरल वर्षासँगै शनिबार राति आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधीखोलामा बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ । गत भदौ २ गतेको बाढीसँगै आएको पहिरोले अरनिको राजमार्गको बाह्रबीसे र खोर्सानीबारी बजार जोड्ने ११ मिटर लामो पक्की पुल बगाएपछि अस्थायीरुपमा ह्यूमपाइप राखी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो ।

बाढीको लेदो माटो बगाएर ल्याउँदा डाइभर्सन पुरिएर सडकमा आएपछि स्काभेटरले थुनिएको खोल्साको लेदो हटाइएको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन समय लाग्ने हुँदा तातोपानीसम्मको आवतजावतमा कठिनाइ भएको छ । जुरेमा पनि दैनिक लेदो माटो बगेर सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै अविरल वर्षासँगैको साँधीखोलामा आएको बाढीले कटान गरेपछि सो वडाका १५ घर परिवार विस्थापित भएका छन् भने अन्य २५ घर उच्च जोखिममा परेको सो वडाका सदस्य शेखरकुमार खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : २४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित