२०८३, ८ कार्तिक आईतबार

आज काभ्रेको बनेपामा कन्या पूजा गरिदैँ

आज काभ्रेको बनेपामा कन्या पूजा गरिदैँ


बनेपामा सदियौँ वर्षदेखि गरिदैँ आएको कन्यापूजा यो वर्ष आजपनि गरिदैँ छ । भाद्र शुक्ल पञ्चमी र श्रीकृष्ण जन्मअष्टमी गरी बनेपाका तल्लो र माथिल्लो टोलका नेवार समुदायले छुुट्टा–छुट्टै तिथीमा नगरका विभिन्न भागमा भेला भएका कन्याहरुको पूजा गर्ने गर्छन् ।

वि.स १९५९ बाट सुरु भएको मानिने कन्यापूजामा भर्खर जन्मेको शिशु देखी ८ वर्षसम्मका कन्या मात्रै सहभागि हुन पाउँछन् । बनेपामा रहेको चण्डेश्वरी मन्दिरसँग आस्था राखेर कन्याहरुको पूजा हुदैँ आएको जानकारहरु बताउँछन् । कन्यापुजा गर्नाले कन्याहरुको स्वास्थ लाभ हुने र आफ्नो मन शान्त हुने धार्मिक विश्वास छ ।

नेवारी समुदायमा बेलसँग विवाह गर्नु भन्दा अगाडी कन्या मानिन्छ । सुरुका समयमा बनेपाको लायकु, चण्डेश्वरी, चारदोबाटो, तीनदोबाटो लगायतका स्थानहरुमा भेला भएका नेवारी कन्याहरुको मात्रै श्रद्धाभक्ति पूर्वक पूजाआजा गरी गरिन्थ्यो । तर केहि वर्ष यता काभ्रेका मात्रै होइन सिन्धुपाल्चोक, भक्तपुर, दोलखा लगायत छिमेकी जिल्लाका अन्य समुदायका समेत कन्याहरु आउने गर्छन् ।

नेवारी समुदायको संस्कृति र परम्परा बोकेको कन्या पूजाप्रति धेरै युवाहरुको चासो घट्दै गएको देखिन्छ । पूजापछि कन्याहरुलाई घरमै बनाइएको नेवारी परिकार स्वारी, मालपुवा, जेरी, सेल प्रसादका रुपमा दिने परम्परा रहेको छ । महिला समुदायको सम्मानसँग जोडिएर हेरिएको कन्या पूजालाई जोगाई राख्न सबैले चोसो दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना