२०८३, ७ कार्तिक शनिबार

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी


बर्दिया, भदौ १६ :बर्दिया सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ ।

भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो ।

क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन । यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना