२०८३, ११ श्रावण मंगलबार

छाउपडी पीडाः न दूध-दही खान पाउँछन् न शौचालय जान

छाउपडी पीडाः न दूध-दही खान पाउँछन् न शौचालय जान


अछाम, भदौ १५ : सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् । अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट बञ्चित गर्ने परम्परा अझै रहेको छ । छाउ भएको वेला पानीका मुहान, धारा,तरकारी खेती,फलफुलका बोट बिरुवा,घरपालुवा जनावरलाई छुन समेत नदिने परम्परा कायमै रहेको छ ।

छाउ भएको बेला यस क्षेत्रका महिलाहरुले शौचालय समेत प्रयोग गर्नबाट बन्चित रहदै आएका छन । रजस्वला भएको बेलामा सात दिन सम्म बाहिर बस्नु पर्ने र सातै दिन शौचालय प्रयोग गर्न नपाउने गरेको ढकारी गाँपालिका २ कि राजु रानाको भनाइ छ ।

सबै परिवारले एउटै चर्पी प्रयोग गर्ने र छाउपडी लसपस हुन्छ र लसपस हुँदा घरपरिवारका सदस्य बिरामी हुने देउता रिसाउने भन्दै छाउ भएको बेलामा चर्पी प्रयोग गर्नबाट बन्चित हुनु परेको ढकारी गाउँपालिका ३ की निर्जला शाहीले बताइन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ७ : ०३ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि