२०८३, ८ कार्तिक आईतबार

प्रत्येक वडामा फ्रि वाइफाइ

प्रत्येक वडामा फ्रि वाइफाइ


बैतडी, १४ भदौ: बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।

हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।

उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।

यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना