२०८३, १५ जेष्ठ शनिबार

अधिकार प्राप्तिका लागि सङ्गठित हुनुहोस् : नेता सिंह

अधिकार प्राप्तिका लागि सङ्गठित हुनुहोस् : नेता सिंह


काठमाडौँ, १३ भदौ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताउनुभएको छ । महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा महिलाको हक सुनिश्चित गर्न संस्थागतरुपमा महिला प्रतिनिधित्व खोज्नुपर्ने बताउनुभयो ।

“महिला सङ्घको योगदानका कारण आज संसद्मा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको छ, पार्टीभित्र पनि ३३ प्रतिशत सुनिश्चित गर्न महिला सङ्घ संस्थागतरुपमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले महिलालाई पढ्नका लागि डिल्लीबजार कन्या स्कूल खोल्नदेखि महिलालाई निर्वाचनमा मताधिकारको प्रयोग गर्ने अधिकार स्थापित गर्नसमेत स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको छ,” उहाँले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ३५ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण