२०८२, २४ चैत्र बुधबार

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री


काठमाडौँ, १३ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन)को १९औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले भन्नुभयो, “हामी सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा छौँ, अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पारिनु हुँदैन, यसले निजी क्षेत्रमा निरासा उत्पन्न हुन्छ ।”

अर्थमन्त्री डा खतिवडाले बजेट अनुशासनमा आएको र केही आलोचना खेप्नुपरे पनि मुलुककै हितमा रहेको स्पष्ट पार्नुभयो । संरचनागत कमजोरीले व्यापार घाटाका चुनौती बढेको उल्लेख गर्दै उहाँले निर्यातमुखी अर्थतन्त्रको विकासमा अघि बढ्नुपर्छ भन्नुभयो ।

निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो । अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम कानून निर्माण भइरहेको पनि जानकारी दिनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलताको विकास तथा लगानी प्रवद्र्धनका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्रका नकारात्मकभन्दा सकारात्मक पक्षलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ७ : १६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि