२०८२, २८ चैत्र आईतबार

अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना


दाङ १९ बैशाख : दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ ।

शनिवार रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो । अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको र यता बिरामीको ज्यान गएको वलीले बताउनुभयो । अहिले भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको तर यसले पनि राति ८ बजेसम्मलाई मात्रै पुग्ने वलीको भनाइ छ ।

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, वलीले भन्नुभयो ।

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  २ : २९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४