२०८३, १३ भाद्र आईतबार

‘हिउँदमा पनि सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ’ : प्रचण्ड

‘हिउँदमा पनि सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ’ : प्रचण्ड


चितवन, १३ भदौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनका दुई सिँचाइ आयोजना हिउँदमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नारायणी लिफ्ट र खगेरी सिँचाइलाई वर्षभरी नै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

दुवै आयोजना अन्तर सम्बन्धित रहेकाले कृषि क्षेत्रमा बहुआयामिक प्रभाव रहेको बताउँदै उहाँले हिउँद र वर्षा दुवै समय सञ्चालन गर्दा रोजगारी र उत्पादन बढाउन सकिने बताउनुभयो । नारायणी लिफ्टको पम्प परिवर्तन गरी नयाँ स्वरुपमा ल्याउनका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । दुवै आयोजना महत्वपूर्ण रहेकाले सङ्घीय सरकार मातहत रहनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, खगेरी सिँचाइ उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङ, नारायणी लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष पूर्णबहादुर रानाभाट, नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठक लगायतले दुवै सिँचाइ आयोजनाका बारेमा प्रकाश पार्नुभयो । खगेरी खोलाबाट नहर बनाइएको खगेरी सिँचाइ प्रणालीलले तीन हजार ९०० हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । नारायणी नदीबाट लिफ्टका माध्यमले पानी तानेर सिञ्चित गर्ने नारायणी लिफ्टले चार हजार ७०० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । दुवै आयोजनाको सिञ्चित क्षेत्र भरतपुर महानगर हो ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ६ : ३० बजे

हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामुद्वारा बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी

बाढी प्रभावित क्षेत्रमा फिरिरीको १० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको