२०८३, १३ बैशाख सोमबार

प्रदेश ५ मा बलात्कारको डर लाग्दो रुप, डेढ महिनामा ३३ बलात्कार

प्रदेश ५ मा बलात्कारको डर लाग्दो रुप, डेढ महिनामा ३३ बलात्कार


 नेपालगन्ज, भदौ १३ : प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् । प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ ।

उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष हो । अझ धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ गएर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ । साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै भएका छन् ।

बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । रुपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व)मा १, बर्दियामा ४ वटा मुद्दा दर्ता भएको छ । गुल्मी र अर्घाखाँचीमा जबरजस्ती करणी उद्योगको एउटा पनि मुद्दा दर्ता भएको छैन ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ६ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले