२०८२, २४ चैत्र बुधबार

निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’

निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’


काठमाडौं, भदौ १२: निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् ।

साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।, बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भुमिका देखेर हामीले आन्दोलन गरेका हौँ, स्थानीय उर्मिला शाहीले भनिन् । एक महिना लामोे आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाईते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक विष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो ?

आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाइ पक्राउ गरेर अनुसन्धन सुरु गरिएको छ । प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ । भीमदत्त नगरपालिका — २ एलटाखामकी १३ बर्षीया निर्मला पन्त साउन ११ गत्ते उखुवारीमा मृत फेला परिन् ।

शव भेटिएको सोमबार एक महिना वितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्त सकेको छैन । आफुहरुलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन् । हामीलाई अहिले राज भन्दा पनि निर्मलाको हत्यारालाई कारवाही गरेको देख्न मन छ, उनले भनिन् । , यो खबर आजकोनागरिकदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ६ : ५७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि