२०८२, १८ फाल्गुन सोमबार

साढे तीन वर्षमा पनि शुरु भएन भ्यु टावर निर्माणको काम

साढे तीन वर्षमा पनि शुरु भएन भ्यु टावर निर्माणको काम


काठमाडौं, भदौ ७:काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन नसकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो । सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गर्नुभएको थियो । २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो ।

त्यसैलाई नै भ्यूटावरको अहिलेसम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छ भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भने, ‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उनले काम थाल्ने मिति तोक्न सकेनन् । समाचारमा लेखिएको छ, यसबारे सोध्दा व्यस्त छु भन्दै उनले टेलिफोन राखे ।

स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उनीमाथि कमसल जग्गा धितो राखेर बैंकमार्फ ११ करोड ९० लाख लिएको आरोप छ ।सम्झौता सकिएको एकवर्ष नाघ्दासम्म काठमाडौं महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन ।
– नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : ५२ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको