२०८२, ९ फाल्गुन शनिबार

साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल


महोत्तरी, भदौ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आग्रह गर्नुभएको हो ।

मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।  स्थानीय सरकारलाई बलियो बनाउनु सङ्घीय सरकारको पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो, “साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनु हरेक नेपालीको पहिलो दायित्व हो ।” मन्त्री पोखरेलले प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउँदै श्रम, सीप र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ८ : ३९ बजे

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा