२०८२, २८ पुस सोमबार

उपराष्ट्रपति पुनद्धारा बकर इदको शुभकामना

उपराष्ट्रपति पुनद्धारा बकर इदको शुभकामना


काठमाडौँ, ६ भदौ उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद इदुल जोहा का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज जारी गरेको शुुभकामना सन्देशमा सो पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद इदुल जोहा पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद इदुल जोहा पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ६ : ३३ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३