२०८३, १५ बैशाख बुधबार

अमेरिकामा ट्रम्पविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश

अमेरिकामा ट्रम्पविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश


काठमाडौं, २८ पुस :  राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक साता मात्रै पदमा रहँदा पनि ट्रम्पले थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदले पनि महाअभियोग प्रस्तावकै पक्षमा मतदान गर्न सक्ने अनुमान गरिएको छ । पहिलो पटक लगाइएको महाअभियोग प्रस्ताव टुंगो लाग्न महिनौ लागेको थियो । यसपटक समय कम भएकाले तत्काल यसमाथि बहस र मतदान गरी टुंगो लगाउनुपर्नेछ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउनका लागि माथिल्लो सदन सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।

सिनेटमा रिपब्लिकन पार्टीकै बहुमत रहेकाले दुई तिहाइ मत पुग्न बहुसंख्यक रिपब्लिकन सांसदले पनि प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी जनवरी २१ बाट पदभार सम्हाल्ने भएकाले समय कम भएको भन्दै कतिपय सांसदले महाअभियोग टुंगोमा पुग्नेमा आशंका व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ८ : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले