२०८३, २१ भाद्र सोमबार

प्रेस स्वतन्त्रतामाथि खतरा, ऐन संशोधनको माग

प्रेस स्वतन्त्रतामाथि खतरा, ऐन संशोधनको माग


काठमाडौँ, ५ भदौ: मुलुकी ऐन नयाँ संस्करणले मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै संशोधनको माग गरिएको छ । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आज आयोजना गरेको ‘मुलुकी ऐन नयाँ संस्करण, मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ विषयक अन्तरक्रियाका वक्ताले ऐन संशोधन गर्न माग गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ऐन संशोधनको माग गर्दै भन्नुभयो, “सर्वोच्च अदालतबाट रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बोकेको मेरो गाडीलाई अदालत परिसरभित्र नै प्रहरीले शिल ग¥यो र प्रकाण्डलाई प्रहरीमा बुझाउन बाध्य तुल्याइयो ।” नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा स्वतन्त्रता नै सबैभन्दा ठूलो भएको भन्दै ऐनको तुरुन्तै संशोधन हुनुपर्ने बताउनुभयो । पत्रकार नरेन्द्रजङ्ग पिटरले ऐन लागू भएपछि पत्रकारले बोल्दा मुख थुन्नुपर्ने तथा लेख्दा कलम भाँच्नुपर्ने अवस्था आएको बताउनुभयो । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले जनताको आवाज बन्द गर्ने नियतले यो ऐन ल्याएको बताउँदै संशोधनको माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घक उपाध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनको संहिताको २९३ देखि ३०८ सम्मको दफा सच्याउनुपर्ने माग गर्नुभयो । उहाँले नेपाली नागरिक तथा पत्रकारको अधिकार कटौती गरेकाले सबै मिलेर कडा आन्दोलन गरेनौँ भने नेपालमा पत्रकारिता नरहने बताउनुभयो । पत्रकार महासङ्घका सचिव प्रभात चलाउनेले यही भदौ १ देखि लागू भएको मुलुकी ऐनले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताउँदै ८० प्रतिशत जङ्गबहादुरकालको दफा रहेको यो कानून प्रेसप्रति कठोर भएको र खोजी पत्रकारितामा गर्न समस्या हुने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : ३१ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको