२०८३, २१ श्रावण शुक्रबार

पेरिसडाँडा बैठकको निर्णय : आगामी रणनीति सडक संघर्ष

पेरिसडाँडा बैठकको निर्णय : आगामी रणनीति सडक संघर्ष


काठमाडौं, ११ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु कोटेश्वरस्थित पेरिसडाँडामा छलफलमा जुटेका छन् ।

आज ९शनिबार० मध्यान्हबाट शुरु भएको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु सहभागी रहेका छन् ।
बैठकमा संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रमलगायतका विषयमा छलफल गर्ने एक नेताले जानकारी दिएका छन् ।

प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समेत जानकारी नदिई संसद विघटन गरेसँगै सत्तारुढ नेकपा दुई टुक्रा भएको छ । विभाजनपछि नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षका कार्यक्रम समेत शुरु गरिसकेको छ । हिजो काठमाडौं माइतीघर मण्डलमा नेकपा नेताहरुले संसद विघटनको विरोधमा प्रदर्शन गरेका थिए ।

पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहले पार्टीको चुनाव चिन्ह, पार्टीको सम्पति आफ्नो भएको बताइरहेको छ । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ मात्र भइसकेको बताउँदै प्रचण्ड–नेपाल पक्षले चाँडै आफ्नो सरकार बनाउने घोषणा गरेको छ । संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रम र पार्टीले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका विषयमा आजको छलफल केन्द्रित हुने एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : २० बजे

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी