२०८३, ८ कार्तिक आईतबार

इजरायलमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा नमिलेपछि संसद विघटन

इजरायलमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा नमिलेपछि संसद विघटन

दुई वर्षमा चौथो पटक चुनाव


काठमाडौं, ८ पुस  : दुई प्रमुख पार्टीबीचको गठबन्धन सरकारले समयमै सन् २०२० को बजेट पारित गर्न नसकेपछि नयाँ चुनावको घोषणा गरिएको हो।

बेलायती प्रसारण संस्था बिबिसीका अनुसार पछिल्लो चुनाव भएको १२ महिनापछि २३ मार्चमा पुनस् मतदान हुन लागेको हो। पछिल्ला दुई निर्वाचनमा दुबै प्रमुख दलले बहुमत ल्याउन सकेका थिएनन्। त्यसपछि त्यहाँ गठबन्धनको सरकार बनेको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप छ। उनी छैंठौ पटक प्रधानमन्त्री कार्यलयमा फर्किने दाउमा छन्। आफूमाथि लागेका आरोपहरूलाई उनले अस्वीकार गर्दै आएका छन्।

‍मंगलबार मध्यराति इजरायलको संसद स्वत विघटन भएको हो। सन् २०२०को बजेट समयमै पारित गर्न नसकेपछि संसद विघटन भएको हो।

विघटन हुनबाट बचाउन ११ घन्टाअघि बजेट पारित गर्न समय थप्नेसम्बन्धी विधेयक ल्याइएको थियो। तर सासंदहरूले त्यसको विपक्षमा मत हालेका थिए।

प्रधानमन्त्री नेतान्याहू दक्षिणपन्थी लिकुड पार्टी र उनका प्रतिद्वन्द्वी बेन्नी गान्जको ब्लू एन्ड ह्वाइटले विघटन हुनु केही घन्टाअघि संकट ल्याएको भन्दै एक अर्कामाथि आरोप लगाएका थिए।

मलाई चुनावमा जानु छैन, प्रधानमन्त्री नेतान्याहुले पत्रकारहरूसँग भने,लिकुडले पनि चुनाव चाहेको थिएन। हामीले पटकपटक चुनावको विरूद्धमा भोट गरेका छौं। तर बेन्नी गान्जले हामीसँग भएको सम्झौताबाट पछि हटे। गान्जले भने प्रधानमन्त्रीका भनाइ झुठा भएको बताएका छन्। प्रधानमन्त्रीमाथि लागेको भ्रष्टाचारको मुद्दाबाट पञ्छिन उनले चुनाव गराउन चाहेको उनको आरोप छ।

गत अप्रिलमा नेतान्याहू र गान्जबीच आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। पहिलो चरणमा नेतान्याहूले १८ महिना सरकार चलाएर सन् २०२१ मा गान्जलाई प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने निर्णय भएको थियो।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ३ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना