२०८३, १४ बैशाख मंगलबार

ट्रयाक्टर दुर्घटना सहचालकको मृत्यु, चालक गम्भीर घाइते

ट्रयाक्टर दुर्घटना सहचालकको मृत्यु, चालक गम्भीर घाइते


खोटाङ, १ पुस :  ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ ।

सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए । सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटना लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले