२०८३, ५ आश्विन मंगलबार

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने


धुलिखेल : धुलिखेल नगरपालिकाका सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो ।

यसैक्रममा नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा र सिर्जनशिल समाज नेपालको सहजीकरणमा वडालाई बालमैत्री घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

यो तालिम नगरपालिकाको वड नं ९ बाहेक बाँकी ११ वटै वडामा सम्पन्न भइसकेको छ । भोलीदेखी वडा नं ९ मा पनि यस तालिमको सुरुवात हुने भएको छ । अहिले सम्म नगरपालिकाको ६ वटा वडा बालमैत्री घोषणा भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आईतबार  ६ : २५ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको