२०८३, १४ बैशाख मंगलबार

काभ्रेका कोरोना संक्रमित मध्ये आज २१ जना डिस्चार्ज हुदा, थप एकको ज्यान गयो

काभ्रेका कोरोना संक्रमित मध्ये आज २१ जना डिस्चार्ज हुदा, थप एकको ज्यान गयो


काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज २१ जना डिस्चार्ज भएका छन्  । जिल्लाका संक्रमित मध्ये हाल सम्म २ हजार ७ सय ३१ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज २१ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपाबाट २ पुरुष र ५ महिला,धुलिखेलबाट १ महिला ५ पुरुष,पनौतीबाट १ महिला, पाँचखालबाट ४ पुरुष, मण्डनदेउपुर नगरपालिका १ पुरुष,बेथाचोक गाँउपालिका १ महिला र १ पुरुष रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २८ पुगेको छ । अझै जिल्लामा २ सय ५९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो ।

यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको छ । धुलिखेलका ६७ वर्षिय संक्रमित महिलाको धुलिखेल अस्पतालमा आज ज्यान गएको हो । ति महिलामा कार्तिक २८ गते संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका ११ महिला र २७ पुरुष गरि ३८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले