२०८३, १० जेष्ठ सोमबार

गण्डकी प्रदेशको ‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ

गण्डकी प्रदेशको ‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ


पोखरा, ४ भदौ: गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ ।

प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले विकास निर्माण लगायत सरकारले तय गर्ने योजनाका लागि सर्वसाधारणका सुझाव महत्वपूर्ण हुनेमा जोड दिँदै प्राकृतिक विपद् लगायतका समस्याको जानकारीका लागि पनि यो सेवा बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सेवा शुभारम्भ कार्यक्रममा आज मुख्यमन्त्री गुरुङले फोनमार्फत दुई जना सर्वसाधारणको गुनासोको जवाफ दिनुभएको थियो । उहाँसँग पोखरा सिमपानीका कृष्ण पौडेल र नदीपुरका उपेन्द्र पौडेलले पर्यटन विकास, पर्यटकको सुरक्षा तथा बसाइ लम्ब्याउनुपर्ने जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ सरकार अघि बढ्ने बताउनुभयो । उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या टिपाउनाका साथै मौखिकरूपमा उजुरी दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका सचिव लालमणि ओझाले तत्कालका लागि कार्यालय समय १० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिनुभयो । नागरिकको गुनासो सुनुवाइका लागि दुई जना कर्मचारी खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ । यस्तै, जभििय।नबलमबपष्।नयख।लउ र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको इमेल जभिियअm२नबलमबपष्।नयख।लउ मा इमेल गरेर पनि गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ८ : ५५ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी