२०८२, ९ फाल्गुन शनिबार

प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ


महेन्द्रनगर, धनुषा, ४ भदौ : सामाजिक परिचालकहरुले प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । गत असारदेखि कामबाट निकालिएका सामाजिक परिचालकहरुले दुईबुँदे मागसहित आज दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् ।

नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई तत्काललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्नेसहितको दुईबुँदे माग राख्दै सामाजिक परिचालकहरु एक सातादेखि आन्दोलनमा उत्रेका छन् । उनीहरुले जनकपुरको पिडारीचोकबाट जुलुस प्रदर्शन गर्दै प्रदेश नं २ सरकारको कार्यालयअगाडि मूलगेटमै पुगेर दुई घण्टा घेराउ गरेका थिए ।

गत साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी सङ्घ प्रदेश नं २ ले आफ्नो मागप्रति प्रदेश सरकार र सङ्घीय सरकार उदासीन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । गत असारमा कामबाट निकालिएका प्रदेश २ का ८५४ सामाजिक परिचालक पुनःबहालीको माग गर्दै साउन २७ गतेदेखि आन्दोनल गर्नुपरेको सामाजिक परिचालक सङ्घ प्रदेश २ का अध्यक्ष शिवशङ्कर मेहताले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४९ बजे

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा