धुलिखेल, २३ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ श्रीराम पाटीबाट हराएको भैँसीको पाडी भेटिएको छ । स्थानीय राजन चौलागाईको गोठमा बाँधिराखेको पाडी शुक्रबार राति हराएको थियो ।
पाँचखाल नगरपालिकाकै वडा नम्बर १२ रानीपानीको बकुलटार स्थित एक मानसिक सन्तुलन घुमेको ब्यक्तिको घरमा पाडी फेला परेको चौलागाईले बताउनुभयो । ‘शनिबार दिनभर खोज्दा पनि भेटिएन्, लगभग आशा मारिसकेको थिए, चौलागाईले भने ‘तर आइतबार विहान रानीपानीबाट एक घरमा पाडी कराइरहेको भन्दै फोन आयो, त्यसपछि गएर हेर्दा मेरै पाडी रहेछ ।’
मानसिक सन्तुलन घुमेका ती ब्यक्ति बस्ने एउटा मात्रै कोठा थियो । त्यहि कोठामा लगेर पाडी राखेको अवस्थामा फेला परेको चागालाईले बताउनुभयो । ‘आफु रानीपानी स्थित पाडी राखेको घरमा जाँदा ती ब्यक्ति थिएनन्, ढोकामा ताल्चा लगाएर पाडीभित्र राखिएको रहेछ, स्थानीयको सल्लाह अनुसार नै ताला फोरेर पाडी ल्याए, अहिले आफ्नै गोठमा माउसँग बाँधेर राखेको छु ।’
बच्चा हराएपछि माउले दुध दिन छाडेको थियो । पाडी लगेपछि भने माउले दुध दिन थालेको चौलागाईले बताउनुभयो । पाडी हराएको बारे खबरघर डटकम र रेडियो नमोबुद्धले समाचार सम्प्रेसण गरेका थिए । ‘पाडी खोजी दिनका लागि तपाईहरुको मिडिया पनि धेरै सहयोग गरेको छ, राजनले भने ‘बच्चा हराएपछि दुध दिन नै मानेको थिएन्, अझै पनि माउ त तर्सि रहेको छ, तर दुध दिन थालेको छ ।’
२ महिलाअघि राजनले सिन्धुपाल्चोकको भिमटारबाट माउपाडी किनेर ल्याएका थिए । साढे १ लाख रुपैयाँ तिरेर माउपाडी ल्याएको राजनले बताउनुभयो । भैसीँले एक छाकमा ९ लिटर दुध दिने गरेको थियो । त्यहि भैँसीको दुधबाट राजनले गाउँमै चिया पसल सञ्चालन गरिरहनुभएको छ ।
शुक्रबार राति दुध दोएर माउ र पाडीलाई गोठभित्र बाँधिएको थियो । तर शनिबार बिहान साढे ४ बजे श्रीमती दुर्गा चौगालाई दुध दुन जाँदा पाडी नदेखिएपछि चोरी भएको पत्ता लागेको थियो । राजनको गोठ र घर करिब १० मिटरको आसपासमा छ । दाम्लो सहित नै ३ महिने पाडी हराएपछि राजनको परिवार अचम्ममा परेको थियो ।








प्रतिक्रिया