२०८३, १६ जेष्ठ आईतबार

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !


काठमाडौं, भदौ ४ : नावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।

साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् ।

कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।

दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई । ‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।’, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४० बजे

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष