२०८३, २२ असार मंगलबार

बस्नै दिएन कोसीले !

बस्नै दिएन कोसीले !


काठमाडौं, भदौ ४ : कुनै बेलाका जग्गावाल हुन् हरिदास तत्मा । अहिलेको बराह नगरपालिकामा कोशीको पूर्वतर्फ उनको झण्डै एक बिगाहा जग्गा थियो । उनीमात्र होइन, उनका बाबुबाजेले बसाएको त्यो बस्तीमा सयौं घर थिए । सप्तकोशीलाई त्यो चित्त बुझिरहेको थिएन ।पश्चिमतिरबाट बगिरहेको कोशी २०२० सालपछि पूर्वतर्फ फर्कियो । २० वर्षको अन्तरालमा त्यो गाउँका सबै मानिस आफ्नो जग्गा कोशीलाई छाडेर हिँडे । उनीहरूको साथमा थियो त केवल लालपुर्जा ।

अहिलेसम्म पनि उनीहरूले त्यो जग्गाको मालपोत तिरिरहेका छन् । कोशीपूर्वबाट विस्थापित हुनेमा पूर्वमन्त्री रामकुमार सुब्बा र उनको परिवार पनि हो । बस्ती कोशीमा बगेपछि तत्माको ११ जनाको परिवार २३ सालदेखि कोशीले पश्चिमतर्फको श्रीलंका टप्पुमा बसिरहेको छ ।

उनले पछि प्रकाशपुरको चक्रघट्टी बजारमा जग्गा जोडे । ‘यहीँ हुर्कियौं, छोडेर जान मन लाग्दैन’, उनी भन्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । टप्पुमा तीन हजारभन्दा बढी घर परिवारका १० हजारभन्दा बढी मानिस बसिरहेका छन् । सबै खेती र पशुपालनमा निर्भर छन् । तर ती सबै कोशीको धारमा छन् । अर्थात्, उनीहरूलाई जुनसुकै समयमा पनि कोशीले बगाउन सक्छ । कटानकै डरले केहीले टप्पु छाडे पनि अझै धेरै त्यहीँ छन् ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : ५८ बजे

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेसको सरकारलाई कडा चेतावनी

काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न

कांग्रेसभित्र विद्रोही स्वर चर्कियो : चुनदेवीबाट संस्थापनलाई खुला चुनौती

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा

सय दिनमै सरकारमाथि एमालेको प्रहार : ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको सय

प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला सञ्चारमन्त्रीको आश्वासन-‘चिन्तित नहुनुस्’

काठमाडौं । प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भएको भन्दै पत्रकार समुदायबाट

बजेटमा बैतडी ‘हिट’, अन्य जिल्ला ‘कट’ ? आफ्नै मन्त्रालयको बजेटप्रति मन्त्री नै असन्तुष्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा