काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले निर्वाचन कार्यतालिका प्रस्तुत गरेको हो ।
छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि, पार्टीभित्र थप छलफलपछि मात्रै अन्तिम धारणा सार्वजनिक गर्ने उनले बताएका छन् ।
छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछाने सहभागी थिए ।
२०७९ वैशाख ३० मा स्थानीय तह र मंसिर ४ मा प्रदेशसभा निर्वाचन भएको थियो । निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाखमा सकिँदैछ ।







प्रतिक्रिया