२०८३, ७ कार्तिक शनिबार

अबिरल बर्षातका कारण काभ्रेको च्यासिङखर्कको जनजीवन प्रभाबित

अबिरल बर्षातका कारण काभ्रेको च्यासिङखर्कको जनजीवन प्रभाबित


धुलिखेल, ८ भदौँः काभ्रेको दक्षिणी क्षेत्रमा पर्ने बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिंखर्कको जनजीबन प्रभाबित बनेको छ । केही दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण जनजीवन प्रभाबित बनेको हो ।

वडा कार्यालयले सजग र सुरक्षित रहन सूचना समेत जारी गरेका छन । ‘३ दिनदेखीको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाप बढीरहेको, जमिन गलेर ठाउँठाउँमा पहिरो जाने क्रम बढीरहेको छ ।’ वडा अध्यक्ष खजेन्ची बहादुर लामाले भन्नुभयो ‘विपतको समयमा सजग रहन सम्पूर्ण वडाबासीलाई अनुरोध गर्दछु । जस्तोसुकै बिपद र बिषम परिस्थितीमा पनि वडा कार्यालयको साथ र सहयोग रहनेछ ।’

वडा सदस्य शुकलाल ब्लोन (शुकु) ले सजग र सतर्कता अपनाउन सूचना जारी गरेको बताउनुभयो । उहाँका अनुसार फोन, म्यासेज, म्यसेन्जर र वडा कार्यालयले जारी गरेको सूचना च्याल्टी, वाइबाडाँडा, कामीडाँडा, छिर्के, छापडाँडा, लड्कुखोला पौवा, मदनबास, भंगाला, खल्टे लगायतका स्थानमा टाँस गरी सम्भावित बाढी र पहिरोबाट सचेत रहने वडाबासीलाई आग्रह गरिएको छ ।

ऋण गरी घर बनायो, पहिरोले जाग्रम बनायो
बेथानचोक गाउँपालिका वडा नम्बर ५ गोलेटोलका जगत बहादुर तामाङलाई पहिरो जाने डरले सताउन थालेको छ । ३ दिन अघिदेखी बर्षा हुन थालेपछि लकडाउन अवधिभर गाउँकै सहकारी मार्फत ऋण लिएर बनाएको घर पहिरोले लाने डरले रातभर पिरोलिन थालेको तामाङले बताउनुभयो । ‘ऋण गरेर घर बनाएर त सक्यो पानी पर्न थालेपछि डर लागि रहेको छ, उहाँले भन्नभुयो ‘नयाँ घरमा बस्ने सपना अधुरै पो रहने हो की घर भन्दा मुनी पाखाको जमिन चर्केको छ हरेक बर्ष पहिरो जान्छ । रातभर निन्द्रै लाग्दैन ।’

तामाङ जस्तै गोलेटोलमा रहेका करीब १० घर पहिरोको उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन । पानी पर्ने क्रम नरोकिएकाले गाउँनै बगाउने हो कि भन्ने चिन्ता लागेको स्थानीयहरुको भनाई छ । सानुगणेश बहादुर गोलेको पनि पीडा उही छन । छोरा नरेन्द्र गोलेले कोरियाबाट कमाएको पैसाले नयाॅं घर बनाईपछि खुसिले गदगद थियो । पहिरोको डरले उनको मन खिन्न छन् । के हुने हो थाहा छैन पानी परेको पर्यै छ ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार  ७ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना