२०८३, १५ बैशाख बुधबार

काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए २० जना कोरोना संक्रमित


धुलिखेल, ३१ भदौः काभ्रेमा आज एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार २० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएकामा सबैभन्दा बढी बनेपामा ५ जना पुरुष र ६ जना महिला गरी ११ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ३ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको छ । त्यसैगरी चौरीदेउराली र रोशी गाउँपालिकामा १÷१ जना पुरुष तथा पनौती नगरपालिकामा १ जना महिला र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३९ पुगेको छ । २८३ जना निको भएर घर फर्किएका छन् । ९५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ५८ जना होम आइसोलेसनमा रहेका छन् । काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुई जना महिला र दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर, नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ५ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले