२०८३, ७ कार्तिक शनिबार

काभ्रेका पत्रकार कार्की माथि सांघातिक हमला

काभ्रेका पत्रकार कार्की माथि सांघातिक हमला


धुलिखेल, २१ भदौँः राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार राजाराम कार्की माथि सांघातिक हमला भएको छ । बनेपा बसपार्क स्थित एक हाडवेयरमा कार्कीमाथि आक्रमण भएको बताइएको छ ।

घरायसी कामका लागि हार्डवेयरमा सामान किन्न जानु भएका पत्रकार कार्की माथि सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर घर भएका उद्धव कार्कीले आक्रमण गरेका हुन् । उद्धव साँगा स्थित नेपाल प्रहरी विद्यालय नेपाली विषय पठाउने शिक्षक रहेकाे बताइएकाे छ ।

पत्रकार कार्की राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुखकाे जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उद्धवले पछाडिबाट माेटरसाइकलकाे हेल्डमेटले हानेकाे बताइएकाे छ । पत्रकार कार्कीकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ। घाइते पत्रकारकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

यसैबीच प्रेस युनियन काभ्रे शाखाले एक विज्ञप्ति जारी गर्दै पत्रकार कार्की माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । युनियनका काभ्रे अध्यक्ष कपिल कोइरालाले जारी गरेको विज्ञप्तिमा पत्रकार कार्कीको ज्यानै मार्ने उद्देश्यले आक्रमण भएको भन्दै छानविन गरी दोषि उपर कारबाही गर्न भनिएको छ ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आईतबार  १ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना