२०८३, १२ बैशाख आईतबार

पाँचखालमा अत्यावश्यक बाहेकका सेवा बन्द १७ गतेसम्म लम्बियो

पाँचखालमा अत्यावश्यक बाहेकका सेवा बन्द १७ गतेसम्म लम्बियो


धुलिखेल, १२ भदौँः काभ्रेको पाँचखाल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आगामी १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज भर्चुअल प्रविधि मार्फत बसेको बैठकले १७ गतेसम्म सेवा बन्द लम्ब्याउने निर्णय गरेको हो ।

यसअघिको बैठकले आजसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्ता निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकरी दिनुभयो । बैठकले यसअघिका निर्णयहरुलाई थप कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

नगरपालिकाको यो निर्णयसँगै पसल, उद्योग, कलकारना १७ गतेसम्म बन्द हुनेछन् । तरकारी, दूध, फलफूल, एम्बुलेन्स, खानेपानी, सरसफाई जस्ता अति आवश्यक पर्ने सवारी साधनमात्रै चल्न पाउने छ । नगरपालिकाले कोरोना नियन्त्रणका लागि हदैँसम्मका सुरक्षित उपाय आपनाउन आफ्ना नगरबासीलाई अपिल गरेको छ । आजको बैठकले नगरपालिका र वडा कार्यालयमा न्यूनतम कर्मचारी परिचालन गरि सेवा दिने तालिकालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  १२ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले