२०८३, ७ कार्तिक शनिबार

पाँचखालमा अत्यावश्यक बाहेकका सेवा बन्द १७ गतेसम्म लम्बियो

पाँचखालमा अत्यावश्यक बाहेकका सेवा बन्द १७ गतेसम्म लम्बियो


धुलिखेल, १२ भदौँः काभ्रेको पाँचखाल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आगामी १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज भर्चुअल प्रविधि मार्फत बसेको बैठकले १७ गतेसम्म सेवा बन्द लम्ब्याउने निर्णय गरेको हो ।

यसअघिको बैठकले आजसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्ता निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकरी दिनुभयो । बैठकले यसअघिका निर्णयहरुलाई थप कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

नगरपालिकाको यो निर्णयसँगै पसल, उद्योग, कलकारना १७ गतेसम्म बन्द हुनेछन् । तरकारी, दूध, फलफूल, एम्बुलेन्स, खानेपानी, सरसफाई जस्ता अति आवश्यक पर्ने सवारी साधनमात्रै चल्न पाउने छ । नगरपालिकाले कोरोना नियन्त्रणका लागि हदैँसम्मका सुरक्षित उपाय आपनाउन आफ्ना नगरबासीलाई अपिल गरेको छ । आजको बैठकले नगरपालिका र वडा कार्यालयमा न्यूनतम कर्मचारी परिचालन गरि सेवा दिने तालिकालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  १२ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना