धुलिखेल, ९ भदौः काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नो सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ का स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
आज बसेको गाउँपालिकाको आकस्मिक बैठकले अर्को सुचना नहुदाँसम्मका लागि सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाईले जानकारी दिनुभयो । वडा नम्बर ८ लाई आज राती १२ बजेदेखि शिल गरिने भएको छ । समुदायमा कोरोना भाइरस नफैलियोस भन्नका लागि सेवा बन्द गरेको उहाँले बताउनुभयो । अत्यावश्यक सेवाहरु भने बन्द हुने छैनन् ।








प्रतिक्रिया