२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकमा चोरीमा संलग्न ३३ वर्ष र जबरजस्तीकरणीमा संलग्न १८ वर्षपछि पक्राउ

सिन्धुपाल्चोकमा चोरीमा संलग्न ३३ वर्ष र जबरजस्तीकरणीमा संलग्न १८ वर्षपछि पक्राउ


धुलिखेल, ७ भदाैः सिन्धुपाल्चोक प्रहरीले चाेरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामाे समयपछि पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालयले मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेकाे हाे ।

जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोला बहादुर खड्कालाई १८ वर्षपछि पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ । खड्कालाई जिल्ला अदालत सिन्धुपाल्चोकले २०५९ जेठ २२ गते जबरजसती करण मुद्दामा संलग्न रहेको भन्दै १ वर्ष ५ महिना २३ दिन कैद सजायकाे फैसला सुनाएको थियो । शुक्रबार जरायोटार स्थित आफ्नै घर नजिकबाट पक्राउ परेका खड्कालाई आज अदालतमा दाखिला गरिएको छ ।

त्यस्तै चोरी मुद्दामा संलग्न तत्कालिन दुवाचौर गाविस वडा नम्बर ७ का ७८ बर्षीय ग्याम्जो तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २०४४ असोज २९ गते १ महिना १५ दिनको कैद र ५६ हजार ३८७ हजार रुपैँया जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक फल बहादुर तामाङको टोलीले उनलाई घर नजिकैको लाभगाउँ जंगलबाट नियन्त्रणमा लिएको हो । उनलाई पनि आज जिल्ला अदालतमा दाखिला गरिएको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आईतबार  ७ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना