२०८३, ११ बैशाख शनिबार

सिन्धुपाल्चोकमा चोरीमा संलग्न ३३ वर्ष र जबरजस्तीकरणीमा संलग्न १८ वर्षपछि पक्राउ

सिन्धुपाल्चोकमा चोरीमा संलग्न ३३ वर्ष र जबरजस्तीकरणीमा संलग्न १८ वर्षपछि पक्राउ


धुलिखेल, ७ भदाैः सिन्धुपाल्चोक प्रहरीले चाेरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामाे समयपछि पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालयले मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेकाे हाे ।

जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोला बहादुर खड्कालाई १८ वर्षपछि पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ । खड्कालाई जिल्ला अदालत सिन्धुपाल्चोकले २०५९ जेठ २२ गते जबरजसती करण मुद्दामा संलग्न रहेको भन्दै १ वर्ष ५ महिना २३ दिन कैद सजायकाे फैसला सुनाएको थियो । शुक्रबार जरायोटार स्थित आफ्नै घर नजिकबाट पक्राउ परेका खड्कालाई आज अदालतमा दाखिला गरिएको छ ।

त्यस्तै चोरी मुद्दामा संलग्न तत्कालिन दुवाचौर गाविस वडा नम्बर ७ का ७८ बर्षीय ग्याम्जो तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २०४४ असोज २९ गते १ महिना १५ दिनको कैद र ५६ हजार ३८७ हजार रुपैँया जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक फल बहादुर तामाङको टोलीले उनलाई घर नजिकैको लाभगाउँ जंगलबाट नियन्त्रणमा लिएको हो । उनलाई पनि आज जिल्ला अदालतमा दाखिला गरिएको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आईतबार  ७ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले