धुलिखेल, ५ भदौः काभ्रेको तेमाल गाउँपालिकाका जिम्मेवार पदाधिकारीहरु दैनिक ओहोर दोहोर गर्ने सडकको कन्त बिजोग भएको छ । तर पनि गाउँपालिकाले कुनै वास्ता नगरेको स्थानीयहरुले आरोप लगाएका छन् । याे सडक गाउँपालिकाकाे मुख्य प्रशासनिक स्थल पाेखरी नारायणस्थान पुग्ने मुख्य सडक हाे ।
पालिकाको वडा नम्बर ५ याङमेल खण्डमा बर्खा लागेसँगै सडक बिग्रिएको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका टोली यहि सडक भएर आउजाउ गर्छन । तर मर्मतमा समेत ध्यान नदिएको याङमेलका स्थानीयले बताएका छन् । ‘आफुहरुले पटक पटक भनेका छौँ, गाउँपालिकाका जिम्मेवार पदाधिकारीहरु नै यहि बाटो भएर आउजाउ गर्नुहुन्छ, याङमेलका एक स्थानीयले भने ‘तर अहिलेसम्म बाटो सम्याउने काम समेत गर्न पालिका अघि बढेको छैन् ।’
झण्डै दुई सय मिटर सडकमा पानीको आहाल बनेको छ । साना सवारी साधान गुड्न सक्ने अवस्था नै छैन् । एउटा गाडी फसेपछि घण्टौँसम्म जाममा पर्नु परेको बोलेरो मार्फत सामान लिएर चापाखोरी हिडेका चालकले बताए ।
सडकको कन्त विजोग भिडियोमा हेरौँ
निर्वाचन क्षेत्र नम्बर १ का सांसद गंगा बहादुर दोङ (बमध्वज) ले यो सडक पटक पटक पिच गर्ने आश्वासन दिए । तर अहिलेसम्म पिचका लागि कुनै काम भएको छैन् । तेमालमा हुने हरेक कार्यक्रममा पुग्दा सांसद दोङले यो सडकलाई सम्झिन्छन् । फर्किएपछि बिर्सने गरेको स्थानीयको गुनासो छ ।








प्रतिक्रिया