२०८३, १५ बैशाख बुधबार

बनेपाबाट आयो खुशीकाे खबर

बनेपाबाट आयो खुशीकाे खबर


धुलिखेल, ३२ साउनः काभ्रेमा सरकारी आइसोलेसन वेड चरम अभाव भइरहेको बेला बनेपाबाट कोरोना संक्रमितका लागि खुशी खबर प्राप्त भएको छ । नगरपालिकाले पोलिटेक्निक इन्सिच्यूटको भवनमा एकैपटक ५० वेडको ओइसोलेसन सञ्चालनमा ल्याउन लागेको हो ।

हाल जिल्लामा ३९ वटा मात्रै आइसोलेसन वेड छन् । जुन संक्रमितको संख्या भन्दा थोरै हो । जिल्लामा हाल संक्रमितकाे संख्या ७६ पुगेकाे छ । एक जनाकाे मृत्यु भइसकेकाे छ । वेड अभाव भएपछि बनेपाका ४ जना होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्दा संक्रमित ब्यक्ति अनुशासित नभएको अवस्थामा घरपरिवार नै संक्रमित हुन सक्ने चिन्ताका माझ बनेपामा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइनुलाई महत्वका साथ हेरिएको छ ।

सञ्चालनका अन्तिम तयारीमा रहेको आइसोलेसन वेडको आज प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कमाण्ड पोष्ट अन्तर्गतको अनुगमन टोली निरीक्षण गरेको छ । शीर मेमोरियल अस्पतालका चिकित्सिकको निगरानीमा आइसोलेसन नगरपालिकाले तयार गरेको हो ।

हाल जिल्लामा ३९ ओटा आईसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय काभ्रका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसारधुलिखेल अस्पतालमा १५, बनेपामा ५, पाँचखालमा ७ नमोबुद्धमा ६ र पनौतीमा ६ ओटा आईसोलेसन बेड रहेको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ७ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले