२०८३, ११ बैशाख शनिबार

गाउँपालिकाको २५ लाख श्रीमतीको खातामा सार्ने लेखापालसहित चार जना पक्राउ

गाउँपालिकाको २५ लाख श्रीमतीको खातामा सार्ने लेखापालसहित चार जना पक्राउ


रुकुमपश्चिम, २३ साउन । गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् ।

बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।

रातको समयमा गाउँपालिकाको कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।

लेखापाल केसीमाथि गत वर्ष २०७६–०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ आफ्नो, श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको आरोप छ । घटनाको पर्दाफास भएपछि विभिन्न शीर्षकमा अनाधिकृत रुपमा आफ्नो र परिवारका सदस्यको खातामा जम्मा गरेको उक्त रकम केसीले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन् ।

विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले समेत चासो व्यक्त गरेको थियो । यो कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको छ ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । आरोप प्रमाणित भएमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  १२ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले