२०८३, १२ बैशाख आईतबार

आर्यघाटबाट जलाउन तयार शव बरामद, छोरा पक्राउ प्रहरी हिरासतमा

आर्यघाटबाट जलाउन तयार शव बरामद, छोरा पक्राउ प्रहरी हिरासतमा


काठमाडौं, १८ साउन काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कारका लागि पुर्याएको शव प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव जलाउन लागेका बेला बरामद गरेको हो । छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराकी पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तुलबहादुर कार्कीले बताउनु भयो।

महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । ललितपुरको गोदावरी–६ का कृष्णको शनिबार उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भयो । शव आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडि प्रहरी पुगे ।

विहीबार राति मदिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झगडा भएको थियो । विवाद हुँदा सन्तोषले बुवालाई कुटे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बाबु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बिरामी भएको’ जानकारी गराए ।

अनि, दाइको सल्लाहमा पाटन अस्पताल लगे । टाउकोमा चोट लागेका कृष्णलाई पाटनले छाउनी अस्पतालमा रिफर गरेको थियो । छाउनीमा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, १८ श्रावण आईतबार  ९ : २० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले