२०८३, ११ बैशाख शनिबार

सेनाले तेमालको ऐतिहासिक गुप्तेश्वर महादेव मन्दिर पुग्न सहज बनाइदियाे

सेनाले तेमालको ऐतिहासिक गुप्तेश्वर महादेव मन्दिर पुग्न सहज बनाइदियाे


धुलिखेल, १६ साउनः नेपाली सेनाको विष्णु दल गण धुलिखेलले तेमालमा गुप्तेश्वर महादेव मन्दिर र झरना पुग्ने बाटो निर्माण गरेको छ । नेपाली सेनाको सामाजिक, आर्थिक, पूर्वाधार विकास कार्यक्रम तेमाल गाउँपालिकाको वडा नम्वर ७ मा रहेको गुप्तेश्वर महादेव मन्दिर क्षेत्र परिसरमा सेनाले पूर्वाधार विकासको काम गरेको हो ।

सेनाले ३ किमी सडकमा साईकल लेन निर्माण गरेको छ । त्यस्तै ढुंगा विछ्याउने, सिंढी बनाउने, रेलिङ्ग राख्ने सोलार बत्ति जडान गरिएको गरिएको विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले जानकारी दिनुभयो ।

सेनाले निर्माण पुरा गरेको पूर्वाधार शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाक मध्यपुर्वी पृतनाका पृतनापति उपरथी सुरेशकुमार कार्कीले गाउँपालिकाका अध्यक्ष सलामसिं लामालाई निर्माण गरिएका पूर्वाधारहरु रेखदेख र ब्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्नु भएको हो ।

महादेव मन्दिर क्षेत्रको पूर्वाधारण निर्माणमा १७ लाख ६४ हजार ८ सय रुपैँया खर्च भएको विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले