२०८३, १५ बैशाख बुधबार

काभ्रेको कुन स्थानीय तहमा कति रकम बेरुजु ?

काभ्रेको कुन स्थानीय तहमा कति रकम बेरुजु ?


धुलिखेल, ६ साउनः महालेखा परीक्षकको कार्यालयले देशभरका स्थानीय तहहरुले गरेका विभिन्न आर्थिक गतिविधिको प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको ५७ औँ वार्षिक प्रतिवेदन अनुसार काभ्रेका १३ वटा स्थानीय तह मध्ये सबैभन्दा कम धुलिखेल नगरपालिकाको बेरुजु रकम देखिएको छ । सबैभन्दा बढी पनौती नगरपालिकामा बेरुजु रहेको छ ।

काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष ०७५/७६ को बेरुजु रकम ६७ करोड ७५ लाख ६७ हजार छ । पनौती नगरपालिकाको ९ दशमलव ४४ प्रतिशत बेरुजु देखिएको छ ।महालेखापरीक्षकको वार्षिकोत्सवको प्रतिवेदनअनुसार पनौती नगरपालिकाको एक अर्ब ७५ करोड ६७ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा १६ करोड ५७ लाख ५६ हजार बेरुजु भएको छ ।

काभ्रेमा धुलिखेल नगरपालिकाको सबैभन्दा कम बेरुजु रकम देखिएको छ । एक दशमलव ४१ प्रतिशत मात्र बेरुजु देखिन्छ । धुलिखेल नगरपालिकाको एक अर्ब २२ करोड ४१ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ७२ लाख ३७ हजार मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दोस्रो नम्बरमा जिल्लाको अति विकट डाडाँपारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका परेको छ । खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको परीक्षण गरेकोमा तीन करोड ७६ लाख ३१ हजारको बेरुजु रकम रहेको प्रतिवेदनमा भनिएको छ ।

तेमाल गाउँपालिकाको पाँच करोड ५ लाख २३ हजार बेरुजु रकम रहेको छ । त्यस्तै भुम्लु गाउँपालिकाको ८३ करोड ५८ लाख २७ हजारको लेखापरीक्षण गरिएकोमा पाँच करोड २७ लाख २५ हजार बेरुजु रकम रहेको छ । बेथानचोक गाउँपालिकाको ७३ करोड ७३ लाख ९३ हजारको लेखापरीक्षण गरेकोमा चार करोड ६५ लाख ६६ हजार र नमोबुद्ध नगरपालिकाको एक अर्ब नौ करोड ३७ लाख ९६ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड ६१ लाख ८२ हजार रकम बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लाको रोशी गाउँपालिकाको एक अर्ब १५ करोड १६ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ६ करोड ६३ लाख ५२ हजार, बनेपा नगरपालिकाको एक अर्ब ५१ करोड ४१ लाख ९१ हजारको लेखापरीक्षण गरेकोमा सात करोड ४३ लाख ७० हजार र महाभारत गाउँपालिकाको ६३ करोड १४ लाख ६ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ९२ लाख ६० हजार रकम बेरुजु छ ।

चौरीदेउराली गाउँपालिकाको ८६ करोड तीन लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड ४४ लाख १८ हजार, पाँचखाल नगरपालिकाको एक अर्ब २६ करोड ३० लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ५१ लाख २३ हजार र मण्डनदेउपुर नगरपालिकाको एक अर्ब २० करोड ३१ लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड १४ लाख २४ हजार रकम बेरुजु रहेको छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ६ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले