२०८३, ८ कार्तिक आईतबार

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न गाउँपालिकाको आग्रह

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न गाउँपालिकाको आग्रह


चाैतारा, ६ साउनः जनैपूर्णिमाको अवसरमा बर्सेनि एकहप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भिडभाड हुदाँ कोरोना संक्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागि नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरणहरु भेला भर्न पुग्ने गरेका थिए । समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन् ।

पाँचपोखरीमा जनैपुर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुईतीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।

पालिकाले पाँचखोपारी क्षेत्र बाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्व जस्तो मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । पालिकामा एक जना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ३३ जना संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ३ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना