२०८३, ७ कार्तिक शनिबार

काभ्रेको गोकुले क्षेत्रमा त्रासः अस्पतालले कोरोनाको रिपोर्ट नदिई घर पठाएको खुलसा

काभ्रेको गोकुले क्षेत्रमा त्रासः अस्पतालले कोरोनाको रिपोर्ट नदिई घर पठाएको खुलसा


धुलिखेल, ६ साउनः अस्पतालले स्वाब संकलनको रिपोर्ट नदिइ घर पठाएपछि काभ्रेको डाँडापारी क्षेत्रको गोकुलेका स्थानीय त्रसित भएका छन् । महाभारत गाउँपालिकाको वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला पाठेघरको उपचारका लागि पाटन अस्पताल असारको अन्तिम हप्ता पुगेकी थिइन् ।

उपचारसँगै ती महिलाको पाटन अस्पतालले स्वाब संकलन गरेको थियो । असार २९ गते स्वाब संकलनपछि अस्पतालले घर जान सल्लाह दिएको बुझिएको छ । लगत्तै ती महिला ३० गते घर पुगिन् । घर पुगे लगत्तै कोरोना संक्रमित भएको खबर आयो । त्यो बेलासम्म उनले धेरै मान्छेसँग भेटघाट गरिसकेकी थिइन् ।

पालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार ती महिलाको सम्पर्कमा आएका १६ जना पहिचान भइसकेका छन् । पालिकाले ती महिलाको सम्पर्कमा रहेका सबैलाई चिकित्सकको सम्पर्कमा आउन आग्रह गरेको छ । पालिका अध्यक्ष जिम्बाले असार ३१ गते नै ती महिलालाई गाउँबाट जिकाएर टेकु अस्पताल उपचारका लागि पठाइसकेका छन् ।

तर ती महिलाको सम्पर्कमा आएकाको भने अहिलेसम्म स्वाब संकलन हुन सकेको छैन् । ती महिलाको सम्पर्कमा आएकाहरुले अरुलाई पनि भेटेको हुनसक्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् । आज स्वास्थ्यकर्मी संक्रमितको गाउँमा पुग्ने पालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।

संक्रमित महिला विदेशबाट आएकी होइनन् । गाउँघरमै बस्दै आएकी थिइन् । समुदायमै कोरोना संक्रमण फैलिएको हो की भन्ने पनि चिन्ता बढेको छ । ती महिला नै कहाँबाट संक्रमित भइन् भन्ने कुराको समेत खोजी गर्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  १० : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना