धुलिखेल, ५ साउनः काभ्रेको अति दुर्गम महाभारत गाउँपालिकाले उपाध्यक्षसँग महिला जिविकोपार्जन कार्यक्रम’ ल्याएको छ । यसमा पनि सिपमुलक र क्षमता अभिबृद्धिका तालिमका रहेका छन् । गत बर्षको तुलनामा यो नयाँ कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो ।
अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम मार्फत सम्मान कार्यक्रम पनि राखिएकोछ । बालमैत्री पालिका बनाउनको लागि पालिकाले कार्यक्रम बनाएको छ । महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिको लागि पनि पालिकाले कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । पालिकाले २० लाख रुपैँया लक्षित वर्गको लागि बजेट समेत विनियोजन गरेको छ ।
जिल्लाको रोशी गाउँपालिकाले लक्षित वर्गको कार्यक्रम अन्र्तगत सिपमुलक र क्षमता अभिबृद्धिका तालिमकालाई प्राथमिकता दिने भएकोछ । महिला, अपाङ्गता भएका मानिस, लाई सिपमुलक र क्षमता अभिबृद्धिका तालिम दिइनेभएको हो । यसैगरी दलित समुदायका भुमिहिनहरुलाई जग्गा समेत उपलब्ध गराउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेष्ठ नागरिकहरुलाई उपचारका कुरालाई प्राथमिकता दिइनेछ । पालिकाले शाखागत रुपमा बजेट समेत विनियोजन गरिएकोछ । लक्षित वर्गका कार्यक्रमको लोपउन्मुख जाति अन्र्तगत हायु जातिको लागि निमार्ण भएको भवनमा सामाग्री समेत थप गरिनेछ ।
बेथान्चोक गाउँपालिकाले लक्षित वर्गको समुह बनाएर कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत बर्षमा सञ्चालन भएका कार्यक्रमहरुलाई यो बर्ष निरन्तरता दिइने पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक बर्षमा सिपमुलक र क्षमता अभिबृद्धिका तालिमकालाई प्राथमिकता दिइएकोछ । अपाङ्गता भएका नागरिकहरुको लागि पनि प्रकृति हेरेर स्वरोजगारका तालिम दिइनेछ । तालिम दिएपछि पालिकाले बजारिकरण समेत गरिदिने पालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।








प्रतिक्रिया