२०८३, ११ बैशाख शनिबार

बनेपामा महिलाको अगुवाइमा सडक कालो पत्रे

बनेपामा महिलाको अगुवाइमा सडक कालो पत्रे


बनेपा १ साउन । काभ्रेको बनेपा नगरपालिका वडा नंं ६ मा पर्ने सहिदमार्ग भएर गोसाईस्थान जाने सडकको केही भाग कालोपत्रे गरिएको छ । वडाको काभ्रे बहुमुखी क्याम्पसदेखि २ सय ६१ मिटर भाग कालोपत्रे गर्ने काम सम्पन्न गरिएको हो ।

सडक कालोपत्रे गर्नका लागि बनेपा नगरपालिकाले ३० लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत कालोपत्रे गरिएको नगरस्तरीय उक्त योजनामा उपभोक्ताको ५ लाख ३६ हजार ६ सय १५ सहभागिता रहेको वडाअध्यक्ष सचितानन्द के.सी.ले जनाएका छन् ।

नगरको उक्त सडकको वडास्तरीय उपभोक्ताहरुको भेलाले वडाबासी महिला रेश्मा थापालाई उपभोक्ता समितिको अध्यक्षमा चयन गरी सडक पीच गर्ने कामको थालनी गरेका थिए । उपभोक्ता समितिमा महिलाद्वारा अगुवाई गरी कमै योजनाहरु सम्पन्न हुने गरेका छन् ।

विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय सहभागिता जनाउँदै आएकी उपभोक्ता समितिकी अध्यक्ष थापा सहित सचिव शिवप्रसाद पौडेल र कोषाध्यक्ष प्रेमप्रसाद सत्यालले सडकलाई पक्की बनाउन सक्रिय भूमिका निर्वाह गरी योजना सम्पन्न भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

सडकको स्तरोन्नतीका लागि वडाअध्यक्ष सचितानन्द के.सी.को पहलमा बागमति प्रदेशबाट बजेटको व्यवस्था भएको थियो ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ८ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले