धुलिखेल, ३१ असारः मण्डनदेउपुर नगरपालिकाले २ ओटा ब्याकहो-लोडर (जेसीबी) खरिद गरेको छ । नगरपालिकामा बाह्रै महिना यातायातका साधन चलाउने उद्देश्यले जेसीबी खरिद गरिएको नगरपालिकाका प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यत्रलमा नै राखेर नगरपालिकाले ४५/४५ लाखमा २ वटा जेसीबी खरिद गरेको हो । यसअघि प्रत्येक वडामा १० लाख रुपैँया मोटर बाटो सफा गर्नको लागि विनियोगन हुदैँ आएकोमा अब देखि नगरपालिकाकै जेसीबीले बाटो सफा गर्नेभएको छ ।
आर्थिक बर्ष २०७७/७८ मा नगरपालिकाले ग्राबेल पेल्ने लोडर र टिपर पनि खरिख गर्ने भएको छ । यसको लागि नगरपालिकाले १ करोड रुपैँया बजेट समेत विनियोजन गरेको छ । नगरपालिकाले यस अघि नै एउटा टिपर खरिद गरिसकेको छ ।








प्रतिक्रिया